काठमाडौं ।
नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहनेछ।











प्रतिक्रिया