लुम्बिनीमा पहिलो पटक सीप च्याम्पियनसिप सम्पन्न

सरोकारवाला निकाय र विद्यार्थी बसेर गरे प्राविधिक शिक्षाबारे बहस 

0
Shares

बुटवल। 

युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरूलाई सरोकारवाला निकायसँग एकै मञ्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

  रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आइटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिनाले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नु, सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले पनि साथ दिएको बताउनु भयो । तिलोत्तमा ६ वडाध्यक्ष गणेश पाठकले विद्यार्थीले चाहनाअनुसारको विषय पढ्न नपाएकाले बाहिरिएकाले करिकुलम चेन्ज गर्न माग भएअनुसार सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

  रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबिच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबिच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

प्रतिस्पर्धामा होटल म्यानेजमेन्टबाट तिलोत्तमाको शान्ति नमुना स्कुलका विजयबहादुर बुढामगर, आइटीतर्फ लिलाराम मावि भैरहवाका सिद्धार्थ यादव, अटोमोबाइलतर्फ महाकवि देवकोटा माविका सन्तोष चौधरी प्रथम भई पुरस्कृत भएका छन् । त्यसैगरी उत्कृष्ट उद्योगीतर्फ लोक शुशिला अठो कन्सर्न, पन्जकन्या ग्रुप, लिटमस इन्डष्ट्रीज, विश्राममबाटिका होटल, क्रिम हाइडल, भैरहव टेक्नोपार्क, आरम्भ निर्माण सेवा तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ दूधदारी मावि कपिलवस्तु, पब्लिक माध्यमिक विद्यालय, कोरिया बहुप्राविधिक शिक्षालय, तुल्सीपुर सेन्टर मावि, भेरी प्राविधिक शिक्षालय पुरस्कत भएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताउनु भयो  । 

त्यसैगरी उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति पाउने शान्तिनमुना माविका लक्ष्मी भण्डारी, शान्तिनमुना माविका आयुश कोहार, जनता माविका सन्दप धवल, मावि तुलसपिुर सेन्टरका सीमा रावत, कोरियानेपाल पालिटेक्निकल इन्टिच्युटका अमिश थारु सरस्वती मावि घोराही दाङका सलिना डाँगी पुरस्कृत भएका छन् । कार्यक्रमको समापनमा प्रमुख अतिथि रहेका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले यस्ता कार्यक्रममले सबै पक्षलाई सहजता ल्याउने बताउनु भयो ।