काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपतिले उनलाई जिम्मेवारी दिएका हुन् ।
यसअघि उपकुलपति प्रा डा दीपक अर्याल सहित शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका थिए । नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले आवेदन माग गरिसकेको छ ।











प्रतिक्रिया