सुनको मूल्य फेरि घट्यो, चाँदी महँगियो


काठमाडौं । 

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।