देशभर बदली र वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुनसक्ने


काठमाडौँ।

नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा बदली रहने र थोरै स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।