काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. ७को समन्वय तथा पशुपति मित्र माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट १ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।



शिविरमा सामान्य चिकित्सा, स्त्री रोग, बाल रोग, दन्त, आँखा, मानसिक स्वास्थ्य, हाडजोर्नी तथा नसासम्बन्धी परीक्षण, प्रयोगशाला सेवा, ECG/USG लगायतका सेवा निःशुल्क प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले परीक्षण र परामर्श सेवा दिएको आयोजकले जनाएको छ।



कार्यक्रममा Lifeline Health Home Care र Lifeline Societyले औषधि, स्वास्थ्य सामग्री तथा आवश्यक मेडिकल सहयोग उपलब्ध गराएका थिए। प्राविधिक सहयोग काठमाडौं मेडिकल कलेजबाट प्राप्त भएको थियो भने विभिन्न सामाजिक संघसंस्था तथा लायन्स क्लबहरूको पनि सक्रिय सहभागिता रहेको थियो।



“रोगबाट बचौं, स्वस्थ रहौं, समुदायलाई स्वस्थ बनाऔं” भन्ने नारासहित सञ्चालन गरिएको शिविरले स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।














प्रतिक्रिया