काठमाडौँ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ ।
आगामी जेठ ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुनेछ । सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ । यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया