केही समयदेखि पर्दामा नदेखिएका अभिनेता सलिमान बनियाँ अचानक नयाँ अवतारमा फर्किएका छन्। उनले आफ्नो जन्मदिनलाई अवसर बनाउँदै आफु अभिनित फिल्म युनीभर्सिटी अफ गुण्डाज्को टिजर सार्वजनिक गरेका हुन्।
युट्युबबाट सार्वजनिक टिजरले फिल्मलाई पूर्ण रूपमा एक्सन–ड्रामा लाइनमा उभ्याएको छ। झण्डै डेढ मिनेटको भिडियोमा सलिमानलाई यसअघिको लभर ब्वाई इमेजभन्दा फरक, आक्रामक र भिडन्तमा उत्रिएको पात्रका रूपमा देखाइएको छ। यात्रापछि देखिएको उनको लामो मौनता यसपटक नयाँ शैलीको तयारीका रूपमा प्रस्तुत भएको छ।
फिल्ममा सलोन बस्नेत पनि बराबरी एक्सन भूमिकामा छन्। टिजरले उनीहरूबीचको मित्रता, ग्याङको संरचना र लक्ष्य प्राप्तिका लागि हुने संघर्षलाई मुख्य रूपमा इशारा गरेको छ। सान्भी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा स्वयं सलिमानले तयार पारेका हुन् भने निर्देशन सुरेश न्यौपानेले गरेका छन्।
मुख्य कलाकारका रूपमा सलिमान र सलोन छन्।फिल्ममा मन्दिप गौतमको स्क्रिनप्ले, रोमन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, सौरभ लामाको छायाँकन र बन्दे प्रसादको सम्पादन रहेको छ।











प्रतिक्रिया