फिल्म प्रदर्शनको इतिहासमा लामो बिरासत बोकेको जय नेपाल फिल्म हल शुक्रवारदेखि पुन सञ्चालनमा ल्याइएको छ।
क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालन गर्दै आएको हलबाट क्वेस्ट बाहिरिएपछि लामो समय बन्द रहेको हल बज इन्टरटेनमेन्टले पुनःनिर्माणसहित पुनःसञ्चालनमा ल्याएको हो।
नीर शाहसहितका फिल्मकर्मीको सहभागितामा शुक्रवार बिहान नेपाली फिल्मका ट्रेलरलगायत प्रदर्शन तथा शुभसाइत पूजासमेत गरी सो हल सञ्चालनमा ल्याइएको हो।
शुक्रवारदेखि नेपाली फिल्म लालीबजार प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरिए पनि अदालतको आदेशले फिल्म रोकिएपछि शुक्रवार बेलुका बलिउडको राजा शिवाजी रिलिज गरिएको थियो। हलमा कुल ३ सय ६ वटा सिट छन्। जसमा सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ बालकोनीका लागि ५०० र सामान्य सिटको लागि ३ सय ५० रुपैयाँ शुल्क लागू छ। हललाई निर्माता, वितरक तथा प्रदर्शक गोपाल कायस्थ तथा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाहीले पुनः सञ्चालनमा ल्याएका हुन्।











प्रतिक्रिया