महोत्तरीमा ६ हजार किलो स्याउसहित तीन गाडी नियन्त्रणमा


काठमाडौं ।

महोत्तरीको मनराशीसवा नगरपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार ३४५ कार्टुनमा राखिएको स्याउ तीन वटा गाडीमा फेला परेको हो। बरामद स्याउ र गाडी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।