रास्वपाको सचिवालय बैठक आइतबार बस्ने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ।

बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।