काठमाडौं ।
इरानसँगको युद्धको प्रभावका कारण साउदी अरबमा मदिरा आपूर्तिमा समस्या देखिएको छ। मदिरा पारखीहरूले पछिल्लो समय आपूर्ति ढिलो भएको बताउछन् ।
रियादस्थित कूटनीतिज्ञहरूको सरकारी आवास क्षेत्रमा रहेको एक मात्र सरकारी मदिरा पसलमा सीमित ब्रान्ड र उच्च मूल्यका उत्पादन मात्र उपलब्ध छन्। हालै मदिरा खरिद गर्न पुगेका पाँच जनाले पसलमा विकल्प कम भएको गुनासो गरेका छन्।
उक्त पसल सन् २०२४ मा गैरमुस्लिम कूटनीतिज्ञहरूका लागि खोलिएको थियो भने पछि गैरमुस्लिम विदेशी नागरिकहरूलाई पनि सेवा दिन थालिएको हो। साउदी अरबमा सन् १९५२ देखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि विदेशी कामदार आकर्षित गर्न सीमित रूपमा लाइसेन्स प्राप्त पसल सञ्चालनमा ल्याइएको छ।











प्रतिक्रिया