प्रधानमन्त्री बालेन लुम्बिनी नआउने

6.11k
Shares

बुटवल। 

 प्रधानमन्त्री बालेन्द्र (बालेन)  शाह बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् ।यस अघि  वैशाख १८ गते परेको  २५७० औं   बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह  उपस्थित हुने  लुम्बिनी विकास कोषले जनाएको थियो ।  तर आज  प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध  जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताउनु भयो ।

  बालेन नआउने  भयपछि बुद्ध जयन्तीमा प्रमुख अतिथिका  रूपमा सभामुख  डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको रोक्काले बताउनु भयो ।