काठमाडौं ।
काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा शनिबार बिहानदेखि डोजर चलाएर हटाउने अभियान सुरु गरिएको छ। बिहान पौने ८ बजेदेखि काठमाडौं–१० देवीनगरस्थित धोबीखोला किनारको बस्तीमा सुरक्षाकर्मीको ठूलो टोलीसहित डोजर परिचालन गरिएको हो। त्यहाँ सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली खटिएको छ भने दुई वटा चेनयुक्त स्काभेटर प्रयोग गरिएको छ।
यसैगरी, काठमाडौं–१६ बालाजु माछापोखरी पुल नजिकैको बस्तीमा पनि बिहान साढे ८ बजेदेखि तीन वटा डोजरमार्फत भत्काउने काम सुरु गरिएको छ। त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
त्यस्तै, काठमाडौं–१५ स्वयम्भू परिक्रमा मार्गस्थित नमूना जागरण सुकुम्बासी बस्तीमा पनि बिहानदेखि तीन वटा डोजर प्रयोग गरी हटाउने कार्य भइरहेको छ। तीनै स्थानमा सुरक्षा व्यवस्था कडा पार्दै बस्ती हटाउने अभियान सञ्चालन गरिएको हो।











प्रतिक्रिया