गोलकीपर एन्ड्राडा १३ खेलमा प्रतिबन्ध


लन्डन, (एजेन्सी) ।

स्पेनिस फुटबल फेडेरेसनले रियल जारागोजाका गोलकीपर एस्टेबान एन्ड्राडालाई १३ खेलका लागि प्रतिबन्ध लगाएको छ । केही दिनअघि स्पेनी दोस्रो श्रेणीको खेलमा हुइस्काका खेलाडीको अनुहारमा मुक्का हानेको विषयमा उनलाई प्रतिबन्ध लगाइएको हो ।

३५ वर्षीय अर्जेन्टिनी गोलकीपरले उक्त खेलमा पहिले नै एक खेलाडीलाई धकेल्दा पहेँलो कार्ड पाएका थिए । उनले खेल सकिन लाग्दा विपक्षी टोलीका कप्तान जर्ज पुलिडोको अनुहारमै मुक्का हानेका थिए । यसपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।