काठमाडौँ।
संसद् अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि रामचन्द्र पौडेल ले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार अपराह्नका लागि छलफल तय भए पनि समय भने यकिन भएको छैन।
सरकारले वैशाख १४ र १५ गते विभिन्न कानुन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ। विपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याउन खोजिएको भन्दै राष्ट्रपतिलाई ती अध्यादेश जारी नगर्न आग्रह गरेका छन्।











प्रतिक्रिया