काठमाडौँ।
प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर हाल ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत छिन् । अस्पताल प्रशासनका अनुसार उनलाई चिकित्सकहरूको निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार बुधबार बिहान करिब १० बजे ठाकुरलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन् र शरीरमा चिनीको मात्रा कम भएको पाइएको थियो।
उनलाई तत्काल सलाइनसहित आवश्यक उपचार प्रदान गरिएपछि अवस्था सुधार हुँदै होसमा फर्किनुभएको पाठकले जानकारी दिए। हाल थप उपचारका लागि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ र चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ।











प्रतिक्रिया