काठमाडौं ।
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ। जात्राको निर्धारित तालिका अनुसार भक्तजनहरूले रथ तानेर ठटीटोल पुर्याएका हुन्।
रथ ठटीटोल पुगेसँगै आज साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ। रथको माथिल्लो भागबाट नरिवल खसाल्ने परम्परा हेर्न तथा समात्नका लागि ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण अगाडि बढ्नेछ। ललितपुरको सबैभन्दा लामो र महत्वपूर्ण जात्राका रूपमा चिनिने यस पर्वलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन्।











प्रतिक्रिया