काठमाडौं।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय प्रणालीसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने कोशी प्रदेशका धेरै स्थानसहित अन्य प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया