रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेलतर्फ यात्रा


काठमाडाैं ।

ललितपुरमा रातो मत्स्येन्द्रनाथ जात्रा उत्साहपूर्वक मनाइँदैछ। शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ भने आइतबार चक्रबहिलबाट लगनखेलतर्फ लैजाने कार्यक्रम रहेको छ। जात्रामा ललितपुर तथा आसपासबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता देखिएको छ।

वर्षा र सहकालका देवताको रूपमा पूजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो तथा महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक मानिन्छ। यसको शुरुआत नरेन्द्रदेव को पालामा भएको विश्वास गरिन्छ। पौराणिक कथाअनुसार गोरखनाथ र मत्स्येन्द्रनाथ सँग सम्बन्धित घटनापछि उपत्यकामा वर्षा भएको मानिँदै आएको छ।