केएल राहुलले बनाए यस सिजनको उच्चतम रन

0
Shares

यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा रनको वर्षात् भइरहेको छ । खेलाडीहरू बाउन्ड्रीमै धेरै फोकस भएको हुँदा रनको वर्षा भएको हो । यसैक्रममा दिल्ली क्यापिटल्सका ओपनर ब्याटर केएल राहुलले यस सिजनको आईपीएलमा उच्चतम व्यक्तिगत रन बनाएका छन् ।

राहुलले पञ्जाब किंग्सविरुद्धको खेलमा नटआउट रहँदैं ६७ बलमा १५२ रन बनाए । उनले यति रन बनाउन १६ चौका र ९ छक्का प्रहार गरे । यानि कि उनले बाउन्ड्रीबाटै २५ बलमा ११८ रन बटुलेका थिए ।

साथै आईपीएलमा व्यक्तिगत १५० रन पार गर्नेमा राहुल तेस्रो खेलाडी बनेका छन् । यसअघि क्रिस गेल (१७५ रन) र ब्रेन्डन म्याककुलुम (१५८ रन) ले १५० रन पार गरेका हुन् । यसैगरी उनी आईपीएलमा १५० रन पार गर्ने पहिलो भारतीय खेलाडीसमेत बने ।

राहुलले यसै सिजनमा केही दिन अघि उच्चतम व्यक्तिगत रन बनाएका अभिषेक शर्माको कीर्तिमान तोडे । सनराइजर्स हैदराबादका ओपनर अभिषेकले ६८ बलमा १३५ रन बनाएका थिए । उनी यो उपलब्धिसँगैं शीर्ष ५ मा दुई स्थान ओगट्न पनि सफल भएका थिए । तर, राहुलले उनको रकेर्ड तोडेपछि उनी यो स्कोरमा छैटो स्थानमा झरेको छ ।

त्यसो त अभिषेकको आईपीएलमा अर्को एक इनिङ भने उच्चतम व्यक्तिगत रनको शीर्ष ५ को सूचीमा अटिरहेको छ । उनले २०२५ को सिजनमा १४१ रन बनाएका थिए । जुन पञ्जाबविरुद्ध नै थियो ।