मौलापुरमा आधारभूत सेवा र भुक्तानीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

846
Shares

रौतहट ।

संघिय सरकारले बितरणमुखी कार्यक्रम नगर्न प्रदेश र स्थानीय सरकार लाई पत्राचार गरेसंगै मौलापुर नगरपालिकाले आफना नागरिक लाई दिदै आएको बिजुली, पानी तथा विवाहसँग सम्बन्धित भुत्तानी प्रभाबित भएको छ । भुक्तानी नपाएको भन्दै मौलापुरमा गठन गरिएको संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

०७४ साल देखि मौलापुर नगरपालिकाले आफना नागरिकहरु संग कर नलिएर उल्टै बिजुली, पानीको महशुल तिर्दै आएको थियो । यस्तै छोरीको बिबाहमा प्रोत्साहन स्वरुप ३० हजार रुपैया दिदै आएको मौलापुर नगरपालिकाले संघिय सरकारको निर्देशन संगै रोक लागेपछि भुक्तानीको लागि संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम सार्बजनिक गरिएको छ ।

मौलापुर बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने त्यसैगरी, वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई स्थानीय समस्या तथा तिनको तत्काल समाधानको माग सहित औपचारिक ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ । यस्तै, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रदर्शनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने संघर्ष समितिको योजना छ । यति आन्दोल गर्दाा माग पुरा नभए आन्दोलनको अन्तिम चरणअन्तर्गत जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम समेत घोषणा गरिएको छ । माग सम्बोधन नभए आन्दोलन अझ कडा बनाइने संघर्ष समितिका संयोजक भोला पाण्डेले बताउनु भयो ।

उता प्रमुख प्रशासकिय अधिकृत शुरेस घिमिरेले संघिय सरकारको परिपत्र बिपरित जान नसकिने बताउनु भयो । नागरिकका आधारभूत सेवा सुविधा र बाँकी भुक्तानीसम्बन्धी समस्यामा हल गर्दै नगरसभा बाट पास भएको बिषय लाई सम्बोधन गरिने नगरप्रमुख रीना कुमारी साहले बताउनु भयो ।