काठमाडौंमा चीन–अमेरिका कूटनीतिक सक्रियता तीव्र

नेपाल ‘बफर जोन’ बन्ने बहस फेरि तातियो


काठमाडौं ।

काठमाडौंमा चीन र अमेरिकाबीच कूटनीतिक सक्रियता पुनः तीव्र बनेको छ । जसले नेपालको भू–राजनीतिक अवस्थाबारे नयाँ बहस सुरु गराएको छ । पछिल्लो घटनाक्रम अनुसार अमेरिकी सहायक विदेशमन्त्री पौल कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेको केही घण्टामै चिनियाँ विदेश मन्त्रालयकी उपनिर्देशक काओ जिङ परराष्ट्र मन्त्रालय पुगेर विदेश सचिवलगायत उच्च अधिकारीसँग भेट गर्दै गम्भीर चासो व्यक्त गरेकी थिइन् ।

स्रोतका अनुसार, दुवै शक्तिराष्ट्रका प्रतिनिधिहरूले क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र रणनीतिक चासोका विषयमा आफ्ना धारणा राखेका छन् ।

भूराजनीतिक प्रतिस्पर्धा चर्किँदै जाँदा नेपाल ‘बफर जोन’ बन्ने जोखिमबारे पुनः बहस सुरु भएको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पनि यस्तो चिन्ता सार्वजनिक रूपमा व्यक्त गरेका थिए । यस्तै, पछिल्लो अपडेट अनुसार अमेरिकाका लागि भारतीय राजदूत एरिक गार्सेटीअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतका रूपमा आगामी बिहीबार नेपाल आउने कार्यक्रम तय भएको छ ।

उनले शुक्रबार प्रधानमन्त्री साहसँग भेट गर्ने र नेपाल बसाइका क्रममा विभिन्न उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने कार्यतालिका रहेको जनाइएको छ । यसले काठमाडौंलाई फेरि एकपटक अन्तर्राष्ट्रिय कूटनीतिक केन्द्रको रूपमा उभ्याएको विश्लेषण गरिएको छ ।