काठमाडौं ।
काठमाडौं उपत्यकाको महत्वपूर्ण धार्मिक पर्व रातो मत्स्येन्द्रनाथको रथ यात्रा अन्तर्गत रथलाई गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ। स्थानीयवासी र गुठियारहरूको सक्रिय सहभागितामा बुधबार रथ मंगलबजार ल्याइएको हो।
आज बिहीबार दिउँसोपछि रथलाई पाटनको सुन्धारातर्फ लगिने कार्यक्रम तय गरिएको छ। बिहानैदेखि मंगलबजार क्षेत्रमा पूजा–अर्चना गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ।
यसअघि मंगलबार पुल्चोकबाट यात्रा सुरु भई रथ गाबहाल पुर्याइएको थियो। जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।











प्रतिक्रिया