काठमाडौं ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेससहित विभिन्न प्रदेशका तराई तथा उपत्यकामा तातो दिन हुने र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया