काठमाडौँ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २० भीमसेनथानस्थित वैष्णव देवी मन्दिरमा १६ औं स्थापना दिवसको अवसरमा विशेष पूजा सम्पन्न भएको छ।
मन्दिरका संरक्षक दिलकृष्ण खड्कीका अनुसार वैदिक विधिअनुसार पूजा आराधना सम्पन्न गरिएको हो। कार्यक्रममा स्थानीय वासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा आयोजित विशेष पूजामा मन्दिर परिसरमा धार्मिक वातावरण बनेको थियो। कार्यक्रममा सहभागी भक्तजनहरूले मन्दिरप्रति आस्था र श्रद्धा व्यक्त गरेका थिए।

पूजा सम्पन्न गर्न सहयोग गर्ने काठमाडौँ महानगरपालिका तथा स्थानीय वासिन्दाप्रति संरक्षक खड्कीले धन्यवाद ज्ञापन गरेका छन्।











प्रतिक्रिया