सामसंग नेपालको ड्रिम टु पसेबिलिटी क्याम्पेन सार्वजनिक


काठमाडौँ
सामसंग नेपालले “ड्रिम टु पसेबिलिटी” नामक नयाँ क्याम्पेन सार्वजनिक गर्दै फरेन इम्प्लोयमेन्टमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्ने कमिटमेन्ट जनाएको छ ।

यो क्याम्पेनले विदेशमा काम गरिरहेका नेपालीहरूले आफ्नो फ्यामिली र देशका लागि खेलेको महत्वपूर्ण रोललाई हाइलाइट गर्दै सामसंगको इनोभेसनमार्फत लाइफलाई कनेक्ट गर्ने उद्देश्यलाई स्ट्रेन्थ बनाएको छ ।

यसअन्तर्गत “सामसंग रेमिट मा बेनिफिट” इनिसिएटिभ पनि ल्याइएको छ, जसले रेमिटेन्समा निर्भर फ्यामिलीहरूलाई थप कन्भिनियन्स र बेनिफिट प्रदान गर्ने लक्ष्य राखेको छ र यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ ।

नेपालको इकोनोमीमा रेमिटेन्सलाई मुख्य बेस मान्दै, यस क्याम्पेनले विदेशमा रहेका नेपालीलाई नेशन बिल्डिङका प्रमुख आधारको रूपमा सम्मान गरेको छ । सामसंगका एआई–सक्षम डिभाइसहरूले फ्यामिलीहरूको दैनिक लाइफलाई अझ स्मार्ट, कनेक्टेड र मीनिङफुल बनाउने विश्वास व्यक्त गरिएको छ ।

यस इनिसिएटिभअन्तर्गत आइएमई रेमिट, एनसेल, खल्ती बाइ आइएमई र हुलास फिन सर्भ लिमिटेडसँग पार्टनरशिप गर्दै सामसंग प्रोडक्ट खरिदमा बोनस डाटा, २४ महिनासम्मको इजी ईएमआई र खल्तीमार्फत क्यासब्याक जस्ता स्पेशल बेनिफिटहरू उपलब्ध गराइनेछन् ।

यो अफर विदेशबाट नेपालमा रकम पठाउने कस्टमरहरूका लागि मात्र लागू हुनेछ र कम्पनीले अफिसियल प्रोडक्ट छनोट गरी वारेन्टी तथा ट्रस्टेड इकोसिस्टमको फाइदा लिन पनि आग्रह गरेको छ ।