विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेर भएका केवल सात जनाले खेलेका छन् । आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा ५ पाका खेलाडी थपिने छन् । स्कटल्यान्डका गोलकीपर क्रेग गोर्डन खेल्न अवसर जुटेमा सबैभन्दा पाका खेलाडी बन्ने छन् । हालको उनको उमेर ४३ वर्ष हो ।
यस्तै, पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन् । रोनाल्डो उमेरका आधारमा ज्येष्ठ खेलाडीहरूको सूचीमा पर्ने छन् । अर्जेन्टिनाका लियोनेल मेस्सी पनि विश्वकप सुरु भएपछि ३९ वर्षमा लाग्नेछन् । साथै यसै विश्वकपमा रोनाल्डो र मेस्सीले ६ संस्करणको विश्वकप खेलेर नयाँ कीर्तिमान पनि बनाउने छन् ।
यसपालि खेल्ने अवसर पाए जापानका ३९ वर्षीय डिफेन्डर युतो नागातोमो पनि यो प्रतियोगिताका पाका खेलाडीमध्ये एक हुने छन् । बोस्निया–हट्र्सगोभिनाका स्ट्राइकर एडिन जेको, जर्मनीका गोलरक्षक मानुएल नेउर र क्रोएशियाका मिड्फील्डर लुका मोड्रिच तीनै जना ४० वर्ष नाघिसके ।
पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको केप भर्डका गोलरक्षक भोजिन्य प्रतियोगिता आरम्भ हुनुअघि ४० वर्ष लाग्ने छन् । प्रतियोगितामा खेल्ने अवसर पाए भने उनी पनि पाका खेलाडीहरूको सूचीमा पर्ने छन् ।
अहिलेसम्म आयोजित विश्वकप खेल्ने सबैभन्दा ’पाका’ खेलाडी इजिप्टका एसाम एल हदारी हुन् । विश्वकप २०१८ मा आफ्नो नाममा कीर्तिमान रहने गरी खेल्दा उनी ४५ वर्ष १६१ दिनका थिए ।
समूह चरणमा साउदी अरबविरुद्धको खेलमा सहभागी हुँदा गोलरक्षक एल हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए । उक्त खेलमा इजिप्ट साउदी अरबसँग २–१ ले पराजित भएको थियो ।
विश्वकप खेलेका १० पाका खेलाडी











प्रतिक्रिया