प्रिमियर लिगमा मात्रै बेग्लै नतिजा

0
Shares

काठमाडौं।

यस २०२५–२६ सिजनको युरोपका मुख्य ५ वटा लिगहरूले विश्राम लिइसकेको छ । यसमध्ये स्पेनी ला लिगा, बुन्डेसलिगा, सिरी ए र लिग वानमा धेरैपटक उपािध जित्ने टोलीकै वर्चश्व रह्यो । तर, इंग्लिस प्रिमियर लिगमा भने बेग्लै नतिजा निस्केको छ ।

प्रिमियर लिगमा आर्सेनलले म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीको वर्चश्व तोड्दै यसपटक उपाधि जित्न सफल भएको हो । आर्सेनलले २२ वर्षपछि प्रिमियर लिगमा धाक जमाएको हो । यसअघि गनर्स (आर्सेनलको उपनाम) ले २००३–०४ सिजनमा लिग उपाधि जितेको थियो । यो अनुसार टोलीले झण्डै ३ दशकपछि लिग उपाधिमा नाम लेखाउन सफल भयो ।

ला लिगामा बार्सिलोना वा रियल मेड्रिड नै पालै पालो विजेता बनिरहेको छ । यसपटक पनि ला लिगामा यही दुई टोलीमध्ये एकले नै उपधि उचाल्यो । बार्सिलोनाले २९ औं लिग उपाधि जितेको हो । ला लिगामा रियलले सर्वाधिक ३६ पटक उपाधि जितेको छ । यसअनुसार ला लिगामा यी दुबै टोलीले ६५ उपाधि जितिसकेको छ।

ला लिगामा सर्वाधिक उपाधि जित्नेमा तेस्रो टोली एटलेटिको मेड्रिड रहेको छ । एटलेटिकोले यी दुई टोलीको तुलनामा निकै कम संख्यामा उपाधि जितेको छ । एटलेटिको ११ पटक ला लिगामा विजेता बनेको छ ।

यसैगरी जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले उपाधि जितेको छ । बायर्नले घरेलु लिग ३५ औं पटक जितेको हो । जुन सर्वाधिक लिग उपाधि जित्ने दोस्रो टोलीकोभन्दा चौबरसंख्याले नै बढी हो । बायर्नपछि सर्वाधिक लिग उपाधि जित्ने टोली एफसी नमबर्गले ९ पटक उपाधि जितेको छ ।

यस्तै, फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उपाधि जित्नबाट कुनै टोलीले रोक्न सकेन । पीएसजीले १४ औं पटक लिग उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको सेन्ट इटीइनले १० पटक लिग उपाधि जितेको छ । तर, यो टोली हाल लिग वानमा छैन ।

इटालियन सिरी ए मा इन्टर मिलानले २१ औं पटक उपाधि जितेर पुरानै विजेता टोली नै उत्कृष्ट रहेको सावित ग¥यो । सिरी ए मा सर्वाधिक लिगमा विजेता बन्ने टोली युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक लिग विजेता बन्न सौभाग्य प्राप्त गरेको छ ।

कोमो च्याम्पियन्स लिगमा

यस सिजनमा बिल्कुलै नयाँ टोली कोमोले आश्चर्यजनक नतिजा निकालेको छ । कोमोले इटालियन सिरी ए मा चौथो स्थानमा रहेर आगामी च्याम्पियन्स लिग खेल्ने तय गर्दै सबैलाई आश्चर्यमा पारेको हो । जबकी, युभेन्टस, एसी मिलान जस्ता ठूला टोलीहरू नै आगामी च्याम्पियन्स लिग खेल्न वंचित भएका छन् । कोमोको नेतृत्व बार्सिलोना, आर्सेनल र चेल्सी जस्ता ठूला क्लबबाट खेलिसकेका पूर्व खेलाडी सेच फाब्रेगासले गरेका हुन् ।

टोटनहाम जोगियो

टोटनहाम हटस्परले एभर्टनलाई १–० ले हराउँदै अर्को सिजन पनि प्रिमियर लिगमा रहने निश्चित गरेको छ । घरेलु मैदानमा भएको निर्णायक खेलमा जोआओ पाल्हिन्याले गरेको एकमात्र गोल नै टोटनहामको जितका लागि पर्याप्त बन्यो ।

टोली अन्तिम समयमा आएर मात्र रेलिगेसनबाट बचेको हो । यसैले खेल सकिएपछि टोटनहामका खेलाडी र समर्थकले निकै खुसी मनाएका थिए । प्रशिक्षक रोबर्टो डे जर्बीले सिजनको अन्त्यतिर टोली सम्हालेपछि टोटनहामले महत्वपूर्ण तीन जित निकाल्नु पनि रेलिगेसनबाट जोगिन महत्वपूर्ण रह्यो ।