काठमाडौँ।
अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान करिब साढे ६ बजे टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके ७२६ बाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । रास्वपाका बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन् ।
काठमाडौं रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकताबारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन । कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् ।











प्रतिक्रिया