फिफा वर्ल्ड कप २०२६ : अफ्रिका महादेशबाट पहिलोपटक १० टिमले खेल्दै


यसै वर्ष अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा वर्ल्ड कपमा अफ्रिका महादेशका लागि ऐतिहासिक उपलब्धि हुनेछ । प्रतियोगितामा पहिलो पटक अफ्रिकाबाट सबैभन्दा धेरै टिमले प्रतिनिधित्व गर्दैछ । यसैले पनि यो विश्वकप अफ्रिकाको लागि ऐतिहासिक बन्ने भएको हो ।
२०२६ को फिफा वर्ल्ड कपमा अफ्रिकाका १० टिमले खेल्नेछन् । जसमा, मोरोक्को, सेनेगल, डीआर कंगो, केप भर्डे, घाना, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, साउथ अफ्रिका, आईभोरी कोस्ट हुन् । मोरोक्को गत कतारमा भएको २०२२ को वर्ल्ड कपको सेमिफाइनल पुगेको टिम हो । यस्तै, केप भर्डेले पहिलोपटक वर्ल्डकप खेल्दैछ ।

संक्षिप्तमा टिमहरूको सहभागिता

मोरोक्को

मोरोक्कोले गत वर्ल्डकपमा निकै प्रशंसा बटुलेको थियो । कतारमा आयोजना भएको उक्त वल्र्डकपमा मोरोक्को सेमिफाइनलसम्म पुगेको थियो । मोरोक्कोले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई क्वार्टरफाइनलमा १–० ले हराएर सनसनी पनि मच्चाएको थियो । यस्तै, नकआउटमा मोरोक्कोले २०१० को वर्ल्ड च्याम्पियन स्पेनलाई हराएको थियो । यसपटक कस्तो खेल्नेछ त्यो हेर्न बाँकी नै छ ।

ग्रुप स्टेज १९७०, १९९४, १९९८, २०१८

नकआउट १९८६ (जर्मनीसँग पेनाल्टी शूटआउटमा पराजित)

सेमिफाइनल २०२२ (फ्रान्ससँग २–० ले पराजित

२०२६ वल्र्डकप– ग्रुप सी मा रहेको मोरोक्कोले मेक्सिको, साउथ कोरिया र चेक रिपब्लिकसँग खेल्नेछ ।

घाना

घानाको वर्ल्डकप यात्रा २००६ देखि सुरु भएको हो । तर, २०१८ मा भने घानाले क्वालिफाइ गर्न सकेन । घानाको सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१० को वर्ल्डकप थियो । साउथ अफ्रिकामा भएको वल्र्डकपमा टिम क्वार्टरफाइनलसम्म पुगेको थियो । यदि असामोह गयानले पेनाल्टी मिस नगरेको भए घाना यसवर्ल्डकपको सेमिफाइनलमा पुग्ने थियो । २०२६ वल्र्डकपमा ग्रुप सी मा रहेको मोरोक्कोले मेक्सिको, साउथ कोरिया र चेक रिपब्लिकसँग खेल्नेछ ।

ग्रुप स्टेज २०१४, २०२२

नकआउट २००६ (ब्राजिलसँग ३–० ले पराजित)

क्वार्टरफाइनल २०१० (उरुग्वेसँग पेनाल्टी शूटआउटमा पराजित)

२०२६वर्ल्डकप–मा ग्रुप एफ मा रहेको ट्युनिसियाले नेदरल्यान्ड्स, जापान र स्विडेनसँग खेल्नेछ ।

ट्युनिसिया

ट्युनिसियाले ५ पटक वर्ल्डकपमा खेल्यो तर, कुनै पनि प्रतियोगितामा ग्र्ुप स्टेज पार गर्न सकेन । १९७८ मा पहिलोपटक खेलेको ट्युनिसियाले १९९८ देखि २०२२ सम्म पाँचपटक वर्ल्डकपमा खेल्यो । तर, टिम २०१० र २०१४ मा भने क्वालिफाइ हुन सकेन । २०२६वर्ल्डकपमा ग्रुप एफ मा रहेको ट्युनिसियाले नेदरल्यान्ड्स, जापान र स्विडेनसँग खेल्नेछ ।

ग्रुप स्टेज १९७८, १९९८, २००२, २००६, २०१८, २०२२

२०२६ वर्ल्डकप– ग्रुप एफ मा रहेको ट्युनिसियाले नेदरल्यान्ड्स, जापान र स्विडेनसँग खेल्नेछ ।

सेनेगल

सेनेगलले पहिलो सहभागितामै क्वार्टरफाइनलको यात्रा गरेको थियो । सेनेगल एसियामा आयोजना भएको २००२ को वल्र्डकपमा अन्तिम आठमा पुगेको थियो । सेनेगलले यस वल्र्डकपमा पहिलो खेलमै स्तब्ध नतिजा निकालेको थियोे । अफ्रिकी टिमले ग्रुप स्टेजमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले हराएको थियो । यसपछि नकआउटमा स्विडेनलाई २–१ ले हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

ग्रुप स्टेज २०१८

नकआउट २०२२ (इंग्ल्यान्डसँग ३–० ले हारेको)

क्वार्टरफाइनल २००२ (टर्कीसँग १–० ले पराजित)

२०२६ वल्र्डकप– ग्रुप आई मा रहेको सेनेगलले इराक, फ्रान्स र नर्वेसँग खेल्नेछ ।

अल्जेरिया

अल्जेरियाले पाँचौं पटक वल्र्डकपमा सहभागिता जनाउँदैं छ । यसअघि पछिल्लोपटक ब्राजिलमा सम्पन्न २०१४ को वल्र्डकपमा सहभागिता जनाएको थियो । अफ्रिकी टिमले उक्त वल्र्डकपको नकआउटमा यात्रा तयर गरेको थियो । अल्जेरियाको लागि अहिलेसम्मकै उत्कृष्ट नतिजा पनि हो ।

ग्रुप स्टेज १९८२, १९८६, २०१०

नकआउट २०१४ (जर्मनीसँग २–१ ले पराजित)

२०२६वर्ल्डकप– ग्रुप जे मा रहेको अल्जेरियाले अर्जेन्टिना, अस्ट्रिया र जोर्डनसँग खेल्नेछ ।

साउथ अफ्रिका

साउथ अफ्रिकाले २०१० मा फिफा वल्र्डकपको आयोजना गर्ने मौका पाएको थियो । तर, घरेलु टिम भएपनि साउथ अफ्रिका ग्रुप स्टेजभन्दा माथि पुग्न सकेन । साथै यसपछि लगातार तीन वटा वर्ल्डकप आयोजना भयो तीनै वटावर्ल्डकपमा साउथ अफ्रिकाले क्वालिफाइ गर्न सकेन । अहिले भने ४८ राष्ट्रले खेल्ने बनाएपछि यस अफ्रिकी टिम फेरि एकपटक क्वालिफाइ हुन सफल भयो ।

ग्रुप स्टेज १९९८, २००२, २०१०

२०२६ वर्ल्डकप– ग्रुप ए मा रहेको साउथ अफ्रिकाले मेक्सिको, साउथ कोरिया र चेक रिपब्लिकसँग खेल्नेछ ।

आईभोरी कोस्ट

आईभोरी कोस्टले दुई वर्ल्ड कपको अनुपस्थितपछि आगामी वर्ल्डकपमा खेल्दैछ । २००६, २०१० र २०१४ का लगातार ३ संस्करणको वर्ल्डकपमा खेलेको आईभोरी कोस्ट २०१८ र २०२२ को अर्को दुई संस्करणमा भने क्वालिफाइ हुन सकेन । अहिलेसम्म ग्रुपमै अल्मलिरहेकोले टिमको २०२६ वल्र्डकपमा नकआउट पुग्ने संभावना बलियो रहेको छ ।

ग्रुप स्टेज २००६, २०१०, २०१४

२०२६ वल्र्डकप–ग्रुप ई मा रहेको आइभोरी कोस्टले इक्वेडर, कुराकाओ र जर्मनीसँग खेल्नेछ ।

इजिप्ट

इजिप्टले पहिलोपटक वल्र्डकपमा १९९० मा सहभागिता जनाएको थियो । यसपछि २०१८ को वल्र्डकपमा खेलेको इजिप्टले गत कतार वल्र्डकप २०२२ मा भने क्वालिफाइ गर्न सकेन । अहिले फेरि एकपटक वल्र्डकपमा पुगेको छ । यसपटक लिभरपुलमा सफल करिअर रहेको मोहम्मद सालाहका लागि यो वल्र्डकप अन्तिम हुनेछ । इजिप्ट दुबै सहभागितामा गु्रप स्टेजभन्दा माथि जान सकेन । सालाहका लागि टिमलाई नकआउटमै पु¥याउने नै पहिलो चुनौती हुनेछ ।

ग्रुप स्टेज १९९०, २०१८

२०२६ वल्र्डकप– ग्रुप जी मा रहेको इजिप्टले बेल्जियम, इरान र न्युजिल्यान्डसँग खेल्नेछ ।

डीआर कंगो

कंगोले लामो समयपछि वल्र्डकप खेल्दैछ । पछिल्लो पटक १९७४ को वल्र्डकपमा खेलेको थियो । यसपछि कुनै पनि वल्र्डकपमा क्वालिफाइ गर्न नसकेको कंगोले यसपटक भने क्वालिफाइ गर्न सफल भयो । टिमको लागि नतिजाभन्दा पनि सहभागिता नै ठूलो हुनेछ । त्यसो त कंगो अफ्रिकी महादेशमा क्यामरुन, नाइजेरिया र जमैका जस्ता वल्र्डकपमा खेलिसकेका टिमहरूलाई हराएर क्वालिफाइ भएको टिम हो ।

ग्रुप स्टेज १९७४

२०२६ वल्र्डकप– ग्रुप के मा रहेको यस टिमले पोर्चुगल, उज्बेकिस्तान र कोलम्बियासँग खेल्नेछ ।

केप भर्डे

केप भर्डेेले पहिलोपटक वर्ल्डकप खेल्दैछ । केप भर्डेले अफ्रिकी शेर उपनामले परिचित क्यामरुनलाई १–० ले हराएर आगामी वल्र्डकपमा खेल्न क्वालिफाइ गरेको हो । डेब्युमा कस्तो नतिजा निकाल्ने हो त्यो हेर्नै बाँकी छ ।

२०२६ वर्ल्डकप–ग्रुप एच मा रहेको यस नयाँ टिमले स्पेन, साउदी अरेबिया र उरुग्वेको चुनौती पार गर्नु पर्ने हुनेछ ।