२०८२ : सौन्दर्य र प्रतिभाका विजेताको कथा

376
Shares

जेठ दोस्रो साता द हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा लुना लुइटेल मिस नेपाल २०२५ घोषित भइन्। कुल २६ जना प्रतियोगीमध्येबाट लुइटेल विजेता भइन् भने उरुषा भण्डारी सेकेन्ड रनर्सअपसहित मिस इन्टरनेशनल र सोनी घले थर्ड रनर्सअपसहित मिस नेपाल अर्थ बनेकी थिइन्।
भदौ दोस्रो साता गायन रियालिटी शो नेपाल आइडल छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम भइन््। राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी थिइन्। उनलाई २५ लाख रुपैया“सहितको उपाधि प्रदान गरेको थियो भने फस्ट रअनरअप बबिता थापामगरले १० लाख रुपैया“, सेकेण्ड रनरअप दर्शना गान्धारीलाई ५ लाख रुपैया, चौथो विजेता–अभिनय खातीलाई १ लाख रुपैया“ र पाचौ विजेता मृनल मानन्धरलाई १ लाख रुपैया“ पुरस्कार स्वरूप प्र्र्रदान गरिएको थियो।

मंसीरकै पहिलो साता राजधानीमा बुटवलकी रक्षा पन्तले विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ उपाधि जितिन्। २४ प्रतिस्पर्धीलाई पछि पार्दै सप्mटवेयर इन्जिनियर र फुडमाण्डुको मेनेजर रहेकी रक्षाले शीर्ष उपाधि चुमेकी हुन्। उनले मस्ट फोटोजेनिक उपउपाधिलाई पनि आफ्नो बनाइन्। रक्षाले शीर्ष उपाधिस“गै स्कुटर प्राप्त गरेकी थिइन्। प्रतियोगितामा विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स र फेसबुक च्वाइस, एलिना केसी सेकेण्ड रनर्सअपका साथमा वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा वेष्ट डान्सरको विजेता भए। सोही मञ्चमा सञ्जु भट्ट मिसेस नेपाल

इन्टरनेशनलका साथमा फेशन आइकन भइन् भने दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनल उपाधि विजेता भइन्। दुबै विजेताले सिंगापुरमा हुने प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने छन्। सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साढे ३ दशकदेखि फिल्मका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरिएको थियो।

बालबालिकाको डान्स रियालिटी शो नेसन्स् गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ की विजेता डोटीकी उदीप्ती रावल भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपैया“ प्राप्त गरिन्। एएनपी मिडिया हाउसको आयोजना भएको बालबालिकाको नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी शोको फागुन अन्तिम साता भएको ग्राण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापाले फष्ट रनर्सअप हु“दै नगद ६० हजार रुपैया“ र सोलुखुम्बुकी पासाङल्हामु शेर्पा सेकेण्ड रनर्सअपसहित ४० हजार रुपैया“ पाइन्।

कालिकोटकी स्प्रिका शाही थर्ड, भक्तपुरकी जलादी खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिसिङ फिप्mथ रनर्सअप भए। उनीहरूलाई जनही १० हजार रुपैया“ पुरस्कार प्रदान गरिएको थियो। लोक सांगीतिक रियालिटी शो लोक दोहोरी स्टार सिजन १ मा निशा लामा विजयी भइन्। चैत तेस्रो साता भएको रियालिटी शोको अन्तिम शोमा शीर्ष उपाधि जित्दै उनले १० लाख रुपिया“ नगद पुरस्कार प्राप्त गरिन्। शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर थापा मगर तेस्रो भए।

हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितिन्। फागुनको सुरुमै भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले सो उपाधिलाई आफ्नो बनाएकी हुन्। द भ्वाइसको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन्। त्यस्तै टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय र टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय भएका थिए।