काठमाडौँ ।
वीरगञ्जमा लामो समयदेखि रोकिएको मुख्य सडक विस्तारको काम भोली बिहानदेखि सुरु हुने भएको छ। त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५–२५ मिटर विस्तार गरिने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।
प्रशासनका अनुसार सडकको मध्य भागबाट २५ मिटरभित्र पर्ने घरटहरा र अन्य संरचना हटाउने कामका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरण वीरगञ्ज ल्याइएको छ। सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम अघि बढाइनेछ।
यसअघि मुआब्जा र वैकल्पिक सडकको माग गर्दै करिब १,२०० घरधनीले दिएको रिटमा सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि झन्डै १३ वर्षदेखि रोकिएको परियोजना अघि बढ्ने बाटो खुलेको हो। अब प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तार कार्य अघि बढाउने तयारी गरेको छ।











प्रतिक्रिया