काठमाडौं ।
काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाउँदै ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।
कमलाक्षी, भोटाहिटी र महाबौद्ध हुँदै असन प्रवेश गर्ने मुख्य मार्गहरूमा सवारी निषेध गरिनेछ। कार्यक्रमअन्तर्गत सांस्कृतिक, सामाजिक तथा परम्परागत कला–सीपका गतिविधि सञ्चालन गरिनेछन्।
आगन्तुकहरूले सवारी साधन तोकिएका पार्किङ क्षेत्रमा राखेर पैदल असन प्रवेश गर्नुपर्नेछ।











प्रतिक्रिया