काठमाडौँ
सामसङ नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उल्कको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए ।
यो मास्टरक्लास शनिबार, ११ अप्रिलमा द्वारका प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रममा आधुनिक माइक्रोवेभ प्रविधिमार्फत घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउने भन्ने प्रदर्शन गरिएको थियो। सहभागीहरूले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाए ।
सामसङका माइक्रोवेभमार्फत खाना छिटो तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म विभिन्न परिकार तयार गर्ने तरिकाहरू सेफ उल्कले प्रस्तुत गरे। यसले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, स्मार्ट र सहज अनुभव प्रदान गर्ने कुरा स्पष्ट पारेको छ ।
कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी तथा प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको थियो । निःशुल्क दर्ता उपलब्ध गराउँदै सामसङ नेपालले सहभागीहरूलाई माइक्रोवेभमार्फत दैनिक खाना पकाउने तरिकामा हुने परिवर्तन प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गरेको थियो। कार्यक्रममा सामसङ स्मार्टथिङ्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जसबाट स्मार्ट कनेक्टिभिटीका फाइदाहरूबारे जानकारी दिइएको थियो । साथै, बेस्पोक एआई वासिङ मेसिन र रेफ्रिजरेटरजस्ता घरेलु उपकरणसँग एप लिङ्क गरी दैनिक जीवनलाई कसरी सरल बनाउन सकिन्छ भन्नेबारे पनि जानकारी गराइएको थियो ।
यो पहल घरमै खाना पकाउन रुचि राख्ने ग्राहकहरूलाई नवीन किचन समाधानमार्फत सशक्त बनाउने सामसङको प्रयासको हिस्सा हो । उन्नत प्रविधि र विशेषज्ञ पाक–कला निर्देशनको संयोजनमार्फत कम्पनीले परिवारहरूलाई नयाँ परिकार अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । सामसङका माइक्रोवेभहरू देशभरका आधिकारिक स्टोरहरूमा उपलब्ध छन् ।











प्रतिक्रिया