अब मतदाता नामावली दर्ता देशभरबाट, मतदाता नामावली दर्ताको सूचीमा जेनजी समूह बढी  

       अवैध  मतदाता नामावली हटाउन  सधैं अनकन 


बाजुरा। 

 आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालय बाजुरामा मतदाता नामावली दर्ता गर्न तीव्रता आएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख अँगत महतका अनुसार असोज १० गतेदेखि  सञ्चालन भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम अन्तरगत  बाजुरामा बुधबारसम्म १९३ जनाले मतदाता नामावली सूचीमा नाम दर्ता गराएका छन्। जसअन्तर्गत पूरुष ११७ जना र महिला ७६ रहेका छन् ।  पछिल्लो पटक मतदाता नामावली दर्ता गर्नेमा  अधिकांश जेनजी उमेर समूहका युवायुवती रहेको निमित्त निर्वाचन अधिकृत महतले जानकारी दिएका छन् । 

त्यसैगरी असोज १० गतेदेखि  विहिबारसम्म  ११ महिला र ६ पुरुष गरी जम्मा १७ जनाको त्रुटि सच्याइएको छ  भने बाजुरामा हाल सम्मको मतदाता संख्या ८६ हजार ५ सय ७५ छ। ४४हजार ५सय ३५ पुरुष र ४१हजार ९ सय २० महिला रहेका छन्। बाजुरामा जहिले नयाँ मतदाता थपिन्छन् । तर,  पुराना मतदाताको अद्यावधिक अत्यन्तन्युन हुन्छ । 

 स्थानीय तहसँगै राजनीतिक प्रशासनिक क्षेत्र विभाजन गरे यता  मतदाता नामावली अपडेट कमै हुन्छन् ।  जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित पालिका र वडा कार्यालयलाई अपडेट गरी पठाउने भनी पत्राचार गर्छ ,सोही आधारमा मतदाता नामावली अपडेट गर्ने हो । पालिका वडा कार्यालयबाट प्रायजसताकोत्यस्तै आउँछन्  निमित्त कार्यालय  प्रमुख महतले भने । मान्छे मृत्यु भएको दशक बितेको हुन्छ यहाँ नामावलीमा हटाइएको हुँदैन  सम्बन्धित वडा पालिकाबाट सिफारिस नआए निर्वाचन कार्यालयले त्यत्तिकै हटाउन मिल्दैन निमित्त कार्यालय  प्रमुख महतको भनाई छ ।

यहाँ राजनीतिक भोटबैंकका रुपमा मतदाता नामावली पुष्टि गरिन्छ । त्यसैले बाजुरामा मरेका मान्छेले पनि मतदान गर्छन् भन्ने कुराले साबित गर्छ  स्थानीय अगुवाको बुझाई छ । स्वच्छ निर्वाचनका लागि  यथार्थ मतदाता नामावली हुन आवश्यक छ उनीहरुको भनाई छ । विगतका निर्वाचनमा बाजुराका कुनै बुंथ केन्द्रमा ९८ प्रतिशत मत खसाइएको ईतिहाँस  पनि छ।  त्यो यथार्थ होइन ,राजनीतिक पहुँचका आधारमा एकै जनाले सयौँ मत खसाल्छन् यो विकृति नहटाउँदा सम्म निर्वाचन स्वच्छ हुँदैन सामाजिक अगुवाको भनाई छ । राजनीतिक दलका प्रतिनिधिहरू नामावली थप्न रुचाउँछन्,  वितिसकेका र वसाईसराई गरी प्रदेएिका ठाउँ छोडेका मतदाता नामावली हटाउन सधैं अनकन गर्छन् । जसले निर्वाचनमा सही परिणाम दिँदैन सामाजिक अगुवाको कथन छ । 

यसैवीच जिल्ला प्रशासन कार्यालय बाजुराले बिहीबार एक सूचना जारी गर्दै अव मतदाता नामावली जिल्ला बाहिरबाट पनि मतदाता नामावली दर्ता गराउन सकिने बताएको छ ।  निर्वाचन आयोग नेपालद्वारा प्रकाशित सूचनालाई उद्धृत गर्दै भनिएको छ २०८२ साल कार्तिक मसान्त सम्म मतदाता नामावली नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फारम भरी देशभरका जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र वायोम्याट्रिक दिनु पर्ने छ सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरी काठमाण्डौं उपत्यका भित्र मीन भवनमा रहेको जिल्ला निर्वाचन कार्यालय काठमाण्डौं , जावलाखेल स्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर र सल्लाघारी सृजनशील स्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गई फोटो खिचाउन र वायोम्याट्रिक दिन सकिने उल्लेख छ ।

   मतदाता नामावली दर्तामा सबैको पहुँच पुगोस् भन्ने हेतुले बाजुरामा बिहान आठ बजेदेखि बेलुकी ६ बजेसम्म जिल्ला निर्वाचन कार्यालय खुला गरिएको निमित्त कार्यालय प्रमुख महतले जानकारी दिए । बाजुरामा ११२ मतदान केन्द्र र ७० वटा मतदान स्थल रहेका छन्।