हुम्लामा जीप  दुर्घटना: तीन जनाको मृत्यु , गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगियो 


 हुम्ला ।

 हुम्लाको चंखेलीमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट गएको सेनाको हेलिकप्टरले पहिलो लटमा ५ जना घाइतेको उद्धार गरी सुर्खेत ल्याएको छ । घाइते भएका सिमकोट गाउँपालिका–८ का ३६ वर्षीय महेन्द्र रोकाया, उनको छोरा ४ वर्षीया जागृति रोकायलाइ,चंखेली गाउँपालिका–४ की २६ वर्षीया पार्वती सिरा, २९ वर्षीय कैलाश सिरा र १९ वर्षीय बाबु लामा को उद्धार गरिएको हो ।

 घाइते भएका अन्य चार जनाको उद्धारका लागि पुन अहिले उद्धार गरिएका पुर्‍याएर लिन आउने भएको स्थानीय धुर्ब शाहीले बताए । दुर्घटनामा परी घाइते भएका बाँकी चार जनाको अहिले उद्धार हुने भएको छ । 

शुक्रबार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बोलेरो जीप दुर्घटना हुँदा  मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ मनबीर बुढा, उनको छोरा र सिमकोट गाउँपालिका–८ की बसन्ती बुढाको मृत्यु भएको शाहीले बताए । 

हुम्लाको चंखेली गाउँपालिका–४बेशी खोला स्थित भित्री सडक खण्डमा शुक्रबार विहान करिब ११ बजे  तिर कर्णाली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जीप दुर्घटना परेको थियो ।

 उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको  खबर छ । शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेका जीप  अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए ।

 ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पु¥याइएको थियो ।