जबरजस्ती करणीको तीन घटनामा चारजना पक्राउ


 उदयपुर । 

उदयपुरमा  तीन  अलग अलग जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी  कार्यालय उदयपुरले चारजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

उदयपुरको अलग अलग स्थानमा अलग अलग समय र मितिमा भएको जबरजस्ती करणी गुपचुप रहेको भए पनि पछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि बाहिर आएको र उदयपुर प्रहरीले किटानी जाहेरीका आधारमा दोषीहरुलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ ।

प्राप्त जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा नं २ चारघरेमा एक १६ वर्षिया नावालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बेल्टारले ससोही ठाउाका १९ वर्षीय सञ्जय सदा मुशहरलाई पक्राउ गरेको छ । 

पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा सदालाई प्रहरीले गत सोमबार चारघरे गाउँबाट नै इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरकै कटारी नगरपालिकामा पनि २७ वर्षिया महिलालाई जवरजसती करणी गरेको अभियोगमा कटारी नगरपालिका ६ सोमबारेका २६ वर्षीय न्यजन राईलाई र २२ वर्षीय भोजकुमार पाण्डेलाई पनि इलाका प्रहरी कार्यालय बटारीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा राई र पाण्डेलाई इलाका प्रहरी कार्यालय कटारीले गत मंगलबार पक्राउ गरेको हो । 

यसैगरी कटारी नगरपालिका ९ लिम्पाटारमा पनि एक १६ वर्षिया नावालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका १९ वर्षीय भोजराज परियारलाई  सोमबार पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका मधये तीनजना इलाका प्रहरी कार्यालय  कटारीको हिरासतमा र एक जना इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक सोधपुछका साथै कारबाहीको प्रक्रिया  अघि बढाइएको प्रहरीले जनाएको छ ।