मेष: बिहानको समय शुभ भएकाले लाभ होला । त्यसपछि भने स्वास्थ्य समस्या, खर्च वृद्धि हुन सक्छ ।
वृष: तपाईंका लागि दिन उत्तम छ । साने प्रयासमा कार्य सफलता, सुख–समृद्धि, लाभ हुने देखिन्छ ।
मिथुन: बिहान राज्यबाट भय होला । त्यसपछि समय शुभ भएकाले कार्य सिद्धि, सुख–सन्तोष होला ।
कर्कट: दिन अनुकूल देखिँदैन । रोगव्याधि, राज्य भय, नोक्सानी, मान–सम्मानमा आघात हुन सक्छ ।
सिंह: शुरुमा लाभ भए पनि दिनभर कष्ट, कार्य बाधा, अस्वस्थता हुन सक्छ । सतर्क रहनुहोला ।
कन्या: तपाईंका लागि दिन अनुकूल भएकाले आर्थिक लाभ, विजय, प्रेमप्रसंगमा सफलता होला ।
तुला: शुरुमा काममा बाधा–व्यवधान होला तर दिनभर पारिवारिक सुख, लाभ, सन्तोष हुने देखिन्छ ।
वृश्चिक: दिन शुभ देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, कार्य असफल, धन हानि हुन सक्छ ।
धनु: बिहान लाभ, प्रसन्नता होला । त्यसपछि भने दौडधूप, विवाद, पेट गडबड हुने सम्भावना छ ।
मकर: बिहान मन अस्थिरता हुन सक्छ । त्यसपछि आर्थिक लाभ, पराक्रम, मान–सम्मान होला ।
कुम्भ: बिहान उत्तम भोजन प्राप्ति होला । दिनभर भने अस्थिरता, असन्तुष्टि हुने सम्भावना छ ।
मीन; शुरुमा धन नाश हुन सक्छ । त्यसपछि दिनभर नै कार्य सफल, उपहार, खाद्य लाभ हुने देखिन्छ ।
प्रतिक्रिया