दतित धामीमाथि जातीय विभेद


मुगु ।

मुगु जिल्लाको खत्याड गाउँपालिका – ३ रोलमा खैडामालिङ्गा पुनिको धामी नाचको बेला दतित धामी माथी जातीय विभेद भएको आरोप लगाइएको छ ।

वैशाख २९ गते धार्मिक पर्वको दिन दलित धामी भएकै कारण दल बानियाँ र राज बहादुर बानियाँले जातीय विभेद गरेको स्थानीय गिर्मे टमटाले बताए ।

उपल्लो जाति भनेनी कथित धामीले तल्लो जात भनेर धामी अशाडे टमटा, गान्टो टमटा ,अमर सिङ्ग टमटा र मनजित टमटा भन्छन् आफुहरु धामी नाच नाच्ने समयमा छुन नपाईने भन्दै जातीय विभेद गरेको आरोप लगाएका छन् ।

खत्याड – ३ का वडा अध्यक्ष रत्नु बाँनिया प्रत्येक्ष दर्शी भएको तर उनी जातीय विभेद भएको कुरालाई केही पनि वास्ता नगरेको र स्थानीयले सोही बिसयमा गुनासो पोखाउदा चुइक्क नबोलेको स्थानीयहरुले बताए ।

यो बिषयमा अध्यक्षलाई रत्न बाँनिया सँग सोधपुछको लागी पटकपटक फोन सम्पर्क गर्दा फोन उठेन । यो प्रतिनिधि मुलक घटना भयको मुगुका ग्रामीण बस्तिमा समेत दलित समुदायका धाकिले उपल्लो जातका धामीझाँक्री मात्र मन्दिर प्रबश गर्न पाउँछन् भने दलित धामीझाँक्रीले मन्दिरमा प्रबेश गर्दा असुभ हुने भन्दै रोक लगाउने गरियको छ ।

Skip This