शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल


काठमाडौं ।

नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ ।

त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्, आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्नुपर्ने समय आएको छ ।’
साथै उनले राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।