काठमाडौं ।
शिक्षक–कर्मचारीहरूका पेशागत मागहरूका सम्बन्धमा जारी आन्दोलन झनै तीव्र बन्दै गएको छ। बैशाख १४ गते माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सुरक्षाकर्मीबाट भएको बल प्रयोग र ज्यादतीप्रति तीव्र भर्त्सना गर्दै आन्दोलनकारीहरूले पुनः माइतीघरमा भेला हुन आह्वान गरेका छन्।
प्रदर्शनका क्रममा सरकारी सुरक्षा संयन्त्रबाट भएको अमानवीय आक्रमणमा परी केही आन्दोलनकारी घाइते भएका छन्। उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनकारी पक्षले सरकारको कठोर आलोचना गरेको छ।
आन्दोलन संयोजक समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बैशाख १४ को आन्दोलनमा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं। हाम्रो आन्दोलन जारी छ। आज पनि हिजोझैं ठिक ११ः०० बजे माइतीघर मण्डलामा सबै साथीहरूलाई उपस्थित हुन अनुरोध गर्दछौं।”
काठमाडौं आउन बाँकी रहेका आन्दोलनकारीहरूलाई थप कडा शब्दमा अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको मोर्चामा साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बस्नु कसरी सम्भव छरु आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैनरु अबको घडी कर्तव्य बोधको हो।”
संयोजकहरूका अनुसार आन्दोलन अब अन्तिम चरणमा पुगेको छ, जसमा सबैको सक्रिय सहभागिता अनिवार्य मानिएको छ।
“मेरो आन्दोलन, मेरो सहभागिता। बलियो सहभागिता, बलियो आन्दोलन – बलियो आन्दोलन, बलियो उपलब्धि।” नारा दिइएको छ।
प्रतिक्रिया