मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरु)


काठमाडौँ। 

 काठमाडौँको  चन्द्रागिरि नगरपालिका–६ स्थित  मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थको अघिल्लो दिन भक्तजनले  आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्ने भक्तजनको घुइँचो लागेको हो। 

 भक्तजनले आज बत्ती बालेर जाग्राम बस्ने र भोलि बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने गर्दछन्।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृ ऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ ।

तस्बिर : सूर्यप्रसाद अर्याल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।