प्राधिकरणकाे निर्देशकबाट हटाएपछि कुलमानले निकटस्थहरुसँग परामर्श लिंदै


काठमाडाैं ।

 सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले दुईवटा विकल्पमा निकटस्थहरुसँग परामर्श गरिरहेका छन् ।

आफूलाई हटाइएको पत्र प्राप्त गरेपछि सरकारको निर्णयविरुद्ध अदालत जाने कि, पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ राख्ने भन्ने रहेको छ ।

सोमबार राति निर्णय भए पनि मंगलबार विहान कार्यालय खुल्दासम्म उनलाई हटाइएको पत्र प्राधिकरण पुगेको छैन । अहिले विद्युत प्राधिकरण क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।