प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग, नहटाए बहिस्कार गर्ने चेतावनी


काठमाडौं ।


नेपाल आदम पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसुचीवाट हटाउन माग गरेका छन् ।

अघिल्लो पटक साहको जवाफ नदिए पछि आक्रोशित हुदैँ आएका साहले सो प्रश्नोतर कार्यक्रम कार्यसुचीवाट नहटाए बहिस्कार गर्ने पनि उनले जनाएका छन् ।

‘आजको कार्यसूचीमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भनेर सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ बिहिवारको आकस्मिक समयमा बोल्दै साहले भने, ‘मैले सोधेको जवाफ प्रधानमन्त्रीले दिनु भएन। यसप्रति प्रधानमन्त्री जवाफदायी हुनुपर्छ। यो कार्यक्रम सूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिस्कार गर्छु।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।