लगनखेलमा एक पुरुष मृत फेला


काठमाडौं ।

ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए । मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।