थाईल्याण्डविरुद्ध नेपालले टस जित्यो, ब्याटिङ गर्दै


काठमाडौं । 

त्रिकोणात्मक  महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिइन् । नेपाल पहिलो जितको खोजिमा छ ।  यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।

यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।