कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई पक्राउ


झापा।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ। नेपाली कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार दिउँसो आक्रमण भएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलेका अनुसार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको हो।

थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । उनले आफूहरु निवास जाँदै गरेको र सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले उनी चढेको सवारीसाधनलाई रोकेरउनीमाथि हातपात गरेको बताए।

आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् । प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।