दसैँमा प्रहरीको निःशुल्क बसबाट १,४०६ जनाले लिए सेवा


काठमाडौं ।

बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित भएका छन्।

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क बस सेवा लिएका हुन्। सेवा लिनेमा ७३७ जना महिला र ६६९ जना पुरुष रहेका छन्।

नागरिकको सहज आवागमनका लागि प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।