काठमाडौं ।
पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रका अनुसार ‘PHP टू शेल’ नामक सुरक्षा जोखिमका कारण सर्भरमा अनधिकृत कोड चलाउन सक्ने खतरा देखिएको हो।
सीभीएसएस ९.२ रेटिङ प्राप्त दुई सुरक्षा त्रुटिका कारण सम्भावित साइबर आक्रमणबाट बच्न सावधानीस्वरूप यस्तो कदम चालिएको केन्द्रले जनाएको छ।
केन्द्रले जोखिम नियन्त्रणका लागि सुरक्षा प्याच अपडेट, परीक्षण तथा प्रमाणीकरणको काम गरिरहेको जनाएको छ।
आवश्यक प्रक्रिया पूरा भएपछि बन्द गरिएका प्रणालीहरू चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याइने सूचनामा उल्लेख छ।












प्रतिक्रिया